• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा थपियाे निषेधाज्ञाः विदेश जाने यात्रुलाई सवारी खुल्ला, अन्यलाई राेक !


जेठ २५, सल्यान ।

सल्यानमा चौथो पटक निषेधाज्ञा थपिएकाे छ । जिल्लामा बैशाख १९ गतेदेखि सुरु गरिएकाे निषेधाज्ञा तीनपटक सुचना जारी गरेर पछिल्लाेपट जेठ २६ गतेसम्म गरिएकाे थियाे ।

याे पटकलाइ असार २ गतेसम्म निषेधाज्ञा थप गरिएकाे जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएकाे छ ।

आज जिल्ला कोभिड -१९ ब्यबस्थापन केन्द्र सल्यानको सिफारिस अनुसार सल्यानका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा थप गरिएकाे हाे । याे पटककाे निषेधाज्ञामा अन्यकाे हक पहिले नै नियम यथावत गरिएपनि बैंक संचालनकाे हकमा हप्तामा एक दिन थपिएकाे छ ।

यसअघि आइतबार र बुधवार संचालिनकाे अनुमति पाएका बैंकहरुले अब थप एक दिन शुक्रबारकाे लागि पनि संचालन गर्न पाउने भएका छन् । आइतबार, बुधवार र शुक्रबार बिहान १० देखि देखि दिउँसो २ बजेसम्म बैंक सञ्चालन गर्ने पाइने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

यस्तै तरकारी, फलफुल,माछा मासु,दाना, एग्रोभेट, दूध डेरी खाना पकाउने ग्यास पसलहरु दैनिक बिहान ६ बजेदेखि बिहान ९ बजेसम्ममात्र सञ्चालन गर्न पाइने र यसबाहेकका खाद्यन्न लगायतका अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाका हकमा भने आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय जिल्ला कोभिड -१९ ब्यबस्थापन केन्द्रकाे बैठकले गरेकाे छ ।

यसैगरी सार्वजनिक एवमं निजी सवारी सवारी साधन सञ्चालनका लागि जिल्लाभर रोक लगाउने निर्णय भएकाे छ ।

तर अन्तर्राष्ट्रिय उडानबाट बिदेश जाने यात्रुकाे हकमा भने हवाइ टिकट, पासपाेर्ट र भिसाकाे आधारमा सवारी साधनकाे सहजिकरण गरेर जान दिने प्रशासनले जनाएकाे छ ।

अन्य अत्यावश्यक सवारीकाे लागि भने व्यानर टाँसेर चलाउन पाइनेभएकाे छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार