जेठ २५, सल्यान ।
सल्यानमा विभिन्न समयमा विभिन्न साहित्य गतिविधि गर्दै आएको सल्यान कला साहित्य परिषद्ले सल्यान मुक्तक किङको पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ ।
मुक्तक किङमा सल्यान जिल्लाका सर्जकहरु मात्रै सहभागीता गराइएको छ । ६२ जना सर्जकहरुको सहभागीता रहेको मुक्तक किङबाट निर्णायक मण्डलले छनोट गर्दै दोस्रो चरणको लागि उत्कृष्ट २० जना प्रतियोगीहरु छनोट गरेको छ ।
परिषद्का अध्यक्ष भरत रोकायका अनुसार प्रतियोगीहरुको रचनामा प्रतियोगीहरुको नाम हटाएर डिकोड राखेर निर्णायक मण्डलमा पठाइएको थियो । त्यसैले निर्णायक मण्डलबाट निस्पक्ष नतिजा आएको अध्यक्ष राेकायले बताए ।
‘यो प्रतियोगीतामा हाम्रो होइन राम्रो सर्जक सल्यान मुक्तक किङ बन्नुपर्छ यो हाम्रो चाहना हो ।’ परिषद्का संस्थापक लोकेश जलन भन्छन्, ‘सल्यानको चाहना हो । त्यसैले यो नतिजासगै हरेक चरणको नतिजाहरु निस्पक्ष रहनेछन् ।’
विभिन्न चरण पार गरेपछि यिनै उत्कृष्ट २० बाट एकजना सल्यान मुक्तक किङ बन्नेछन् । उत्कृष्ट २० मा परेका सर्जकहरुले अब उत्कृष्ट १५ का लागि परिषद्ले दिएको विषयभित्र रहेर मुक्तक पठाउनुपर्ने नियम रहेकाे छ ।
उक्त मुक्तकको नतिजाको आधारबाट दोस्रो चरणका लागि उत्कृष्ट १५ सर्जक छनोट हुनेछन् ।
दसौं स्थानसम्म नगद पुरस्कार राशी भएको यो प्रतियोगीता पाँचौ चरणमा सकिने छ। पाँचै चरणका बिषयबस्तु फरकफरक रहनेछन्
उत्कृष्ट २० देखि उत्कृष्ट १० सम्म अनलाइनबाट मुक्तक सर्जक छनोट गरिनेछ भने उत्कृष्ट १० देखि प्रथमसगै विभिन्न स्थानका लागि परिषद्ले स्टेज कार्यक्रम गर्नेछ स्टेज कार्यक्रममा उपस्थित भइ उत्कृष्ट दशमा परेका प्रतियोगीहरुले दुई दुईवटा मुक्तक वाचन गर्नुपर्नेछ ।
परिषदकाअनुसार विभिन्न साहित्य संस्थाहरुले ठुलो पुरस्कार राशिमा मुक्तक प्रतियोगिता गर्दै आएपनि चरण चरणमा र दसौं स्थानसम्म नगद पुरस्कार भएको यो पहिलो कार्यक्रम रहेको छ ।
यी हुन् पहिलो चरणमा छनोट परेका उत्कृष्ट २०
१ आरती बुढाथोकी
२ ओमप्रकाश देवकोटा
३ कल्पना परियार
४ छविकिरण अधिकारी
५ टि आर शर्मा ‘अथकमनु’
६ टोप घर्ती ‘ अनुरागी’
७ डिल्ली केसि
८ थुमान राना (सिम्पल क्षेत्री )
९ नवीन मगर
१० मनिषा बुढाथोकी
११ मनोज दाहाल ‘मनु’
१२ महेन्द्र परियार
१३महेश शर्मा ‘रश्मी’
१४ महेश के क्षेत्री
१५ मोहनसिंह घर्ती
१६ रिता घर्ती मगर ‘ऋ्तु’
१७ सन्ध्या गिरि ‘लज्जालु’
१८ सिर्जना बिष्ट
१९ सिजन बाबु वि सि
२० हिम प्रकाश बुढाथोकी