• २०७८ असार ८ गते मङ्गलवार
  • Preeti To Unicode

बागचाैरकाे शहिद रिङराेड गलत तरिकाले खनिएकाे भन्दै जग्गाधनीद्वारा सडक बन्द


जेठ २६, सल्यान ।

सल्यान बागचाैर नगरपालिकाकाे शहिद रिङराेड गलत तरिकाले खनिएकाे भन्दै स्थानीय जग्गाधनीले गाढा लगाएर सडक बन्द गरेका छन् । नगरकाे वडा नम्बर १ स्थित हुर्कीबजार र चाैर्याल गाउँकाे बीचमा पर्ने ठिन्बाङ खाेलाकाे किनारमा जग्गाधनीले सडक बन्द गराएका हुन् ।

२०७५ मा नगरपालिकाले सुरु गरेकाे रिङ राेडकाे उक्त ठाउँमा पहिले माथीबाट नापेर सडक खनेकाे र अहिले तलबाट आफुहरुलाइ थाहै नदिइ नयाँ रुट खनेकाे भन्दै स्थानीय जग्गाधनी रुद्र बहादुर बस्नेत र नवराज बस्नेतले सडक बन्द गराएका हुन् । रिङराेड डबल कटिङ गर्ने क्रममा पुरानाे रुटलाइ छाेडेर नयाँ खनिएकाे हाे ।

जग्गाधनी बस्नेतले भने, ‘यहाँ हाम्राे सबै धान राेप्ने खेत पर्छ । पहिला उहाँहरुले सडक ल्याउने भनेपछि हामीले धान राेप्ने खेतमा (माथी)बाट सडक खन्न दिइयाैं तर अहिले त्याे सडकलाइ छाेडेर हामीलाइ थाहै नदिइ नजिकै (तलबाट) अर्काे सडक खनियाे ।’

यसरी नयाँ खनिएकाे सडक र पुरानाे सडककाे दुरी ५ मिटर तलमाथी छ भने करिब ५० मिटरजति लम्बाइ छ । दुवै ठाउँबाट सडक खन्दा आफ्नाे सबै खेत मासिएकाे उनिहरुकाे भनाइ छ ।

पहिले खनिएकाे सडक धेरै उकालाे भएकाे भन्दै ठेकेदार र डाेजर चालकले माथीकाे सडक छाेडेर तलबाट नयाँ सडक खनेका थिए । घर र खेत टाढा भएकाे र सडक खनिसकेपछि मात्रै आफुहरुलाइ थाहा भएकाेले अहिले सडक बन्द गरिएकाे उनिहरुकाे भनाइ छ ।

यसरी अहिले नयाँ खनिएकाे सडक सहज देखिन्छ भने पहिलेकाे सडक धेरै उकालाे भएकाेले गाडी चढ्न मुस्किल पर्ने गर्दथ्याे । तर नगरपालिका इन्जिनियर (प्राविधिक)ले पहिला यस्ताे उकालाे सडकलाइ कसरी पास गरे भन्ने प्रश्न खडा भएकाे छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार