सल्यानमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि साढे ३५ करोड बढिकाे बजेट आयाे (सुचीसहित)


असार १९, सल्यान ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानमा साढे ३५ करोड बढि बजेट आएको छ । का सल्यानका १० स्थानीय तहलाइ संघीय सरकारले ३५ कराेड २९ लाख ५२ हजार ससर्त अनुदान पठाएको छ ।

सूचीकृत बेरोजगारका लागि आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त अनुदान पाएको हो ।

जसमा सबैभन्दा बढी बागचाैर नगरपालिकालाइ ७ करोड २५ लाख ६५ हजार, क्रमशः दार्मा गाउँपालिकालाइ ६ कराेड ८६ लाख २६ हजार, कालिमाटी गाउँपालिकामा ५ कराेड ६१ लाख १३ हजार, कुमाख गाउँपालिकामा ३ कराेड ९१ लाख ६९ हजार, सिद्ध कुमाखमा २ कराेड ७१ लाख ३८ हजार, शारदामा २ कराेड ३३ लाख ५९ हजार, छत्रेश्वरीमा २ कराेड १५ लाख ७० हजार, कपुरकाेटमा २ कराेड ५ लाख ३७ हजार र बनगाड कुपिण्डेमा १ लाख १० हजार अनुदान आएको हो ।

त्यस्तै जिल्लाका १० स्थानीय तहका ६ हजार १ सय १७ जनाले रोजगारी पाउने भएका छन् ।

उद्यपी सल्यानमा ३० हजार ६ सय ७५ जनाको बेरोजगारको सूचीमा नाम सूचीकृत भएको छ । जसमा बनगाड कुपिण्डे नगरपालिकाले एक जना जना बेराेजगारकाे पनि काम सुचीकृत गराएकाे छैन् ।

प्रधानमन्त्री राेजगार कार्यक्रमका लागि देशभरमा सबैभन्दा धेरै बजेट पाउनेमा बागचाैर नगरपालिका पहिलाे र दार्मा गाउँपालिका तेस्राे बनेका छन् ।

तोकिएको समय सीमा भित्र रोजगार व्यवस्थापन सूचना प्रणालीमा तथ्याङ्कको प्रविष्ट तथा कार्यप्रगतिका आधारमा बजेटकाे मुल्याङ्कन हुने बागचाैर नगरपालिकाका रोजगार संयोजक नबराज डाँगीले बताए ।

प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार