• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

आमा गुमाएर पनि गीत गाइरहेका कर्णराज भ्वाइस अफ नेपालबाट बाहिरिए


साउन ८, काठमाडाैं ।

रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी बाहिरिएका छन् ।

शुक्रबार राति भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।

शुक्रबारको प्रतियोगितामा उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा थिए ।

राजधानीमा ट्याक्सी चलाउने काम गर्ने उनले औपचारिक रुपमा संगीत नसिकेको बताउँदै आएका छन् । तर उनी दर्शक स्रोतका मत जित्न सफल भएका थिए ।

उनको केही दिनअघि आमाको निधन भएपनि प्रतिस्पर्धामै रहेका थिए ।

आजको प्रस्तुतिपछि स्वास्थ्यमा समस्या भएपछि नतिजा घोषणा समारोहको लाइभमा उनी भर्चुअल माध्यमबाट जोडिएका थिए ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार