• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

दाङमा श्रीमानले धक्का दिँदा श्रीमतीकाे मृत्यु


साउन १०, दाङ । 

श्रीमानले धक्का दिँदा दाङमा श्रीमतीकाे ज्यान गएकाे छ ।

जिल्लाकाे शान्तिनगर गाउँपालिका–४ एकली निवासी भागीरथी न्याैपानेकाे श्रीमानकाे कुटपिटबाट मृत्यु भएकाे हाे । दुई दिन अघि घरमै सामान्य विवादपछि श्रीमान मोहनलाल न्याैपानेले धक्का दिँदा घाइते भएकी भागीरथीको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृ’त्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कुटपिटबाट श्रीमतीको मृत्यु भएको आरोपमा श्रीमान माेहनलाललाइ प्रहरीले पक्राउ गरेकाे छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच दाङमा प्रतिबन्धित वन्यजन्तु जरायोको सिंङ (ओखेटोपहार) सहित ३ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोला नजिक वन्यजन्तु जरायोको सिंङ बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जरायोको सिंग (ओखेटोपहार)सहित ३ जनालाई पक्राउ गरेकाे हाे ।

बबई गाउँपालिका १ गंगटे निवासी २२ वर्षिय विनोद डाँगी नाम बताउने जीवन घर्ती, सोही पालिका हापुरेका अन्दाजी ३९ वर्षिय इन्द्र बहादुर केसी र सल्यान शारदा नगरपालिका ४ साईलाकम्दा निवासी २२ वर्षिय विनोद वली पक्राउ परेका छन् ।

साथै उनीहरुको साथबाट दुई वटा सिंङ एकैमा २ वटा हाँगा भएको दुई थान जरायो सिंग बरामद गरेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले बताएको छ । त्यस्तै जरायोको सिंङ एउटाको ५० लाखमा डिल भएपछि विक्रीका लागि ल्याउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार