• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

एउटै वडामा जन्मिएका सल्यानका दुइ पार्टीका दुइ जिल्ला अध्यक्ष: जसको ‘जन्मदिन’ पनि एकैदिन


साउन १५, सल्यान । 

कहिलेकहीँ मान्छेको जीवनमा यस्तो संयोग हुन्छ जुन अनौठो खालको हुन्छ । सल्यानका दुइ नेताहरुको पनि त्यस्तै खालको अनौंठो संयोग छ ।

बनगाड कुपिण्डे नगरपालिका ३ निवासी गोविन्द पुन र कर्ण बहादुर बुढाथोकी छहारी । जो जिल्लाको राजनीतिक ग्राउन्डको मुख्य भुमिकामा छन् ।

पुन बनगाड कुपिण्डे नगरपालिकाका मेयर सँगै नेकपा एमाले सल्यानका जिल्ला अध्यक्ष हुन् । त्यस्तै छहारी नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष हुन् । २०७५ जेठ ३ गते एमाले र माओवादी एकता भएर नेकपा बनेपछि पुन नेकपाको जिल्ला अध्यक्ष र छहारी जिल्ला सचिव बनेका थिए ।

त्यो भन्दा अगाडी बनगाड कुपिण्डे नगरपालिकामा दुवै जना मेयरको उमेदावर बनेका थिए । दुवैको प्रतिसप्रधात्मक मत रहेकोमा छहारी पराजित भए भने पुन विजय बने ।

अनौठो यो छ की फरकफरक दुइ ठुला पार्टीका जिल्ला अध्यक्ष रहेका उनिहरु एउटै वडा निवासी मात्रै हाेइन उनिहरुकाे एकैदिन जन्मदिन पनि हो ।

उनिहरुले फेसबुकमा लेखेअनुसार २०२४ साउन १५ गते छहारीको जन्मदिन हो भने २०२७ साउन १५ पुनको जन्मदिन हो । आज दुवैलाइ एकैचोटी धेरैले फेसबुकमा जन्मदिनको शुभकामना दिइरहेका छन ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार