• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ट्रकमा मुढा लोड गर्ने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु


साउन १५, सल्यान ।

सल्यानमा रुखको मुढा लोड गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिकाको किमचौरमा रा १ ख २४२७ नम्बरको ट्रकमा लोड गरिएका मुढालाई छतमा गएर डोरीले बाँध्ने क्रममा करेन्ट लागेर सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुत्यु हुनेमा सल्यान बरला नजिकै शारदा नगरपालिका १४ का २५ वर्षीय विमल भण्डारी रहेका छन् ।

शुक्रबार साँझ साढे ७ बजेतिर उनले ट्रकमा लोड गरेर राखेका मुढालाइ ट्रकको छतमा गएर डोरीले बाँध्दै थिए ।

सोहि क्रममा छत माथीबाट तानिएको बिजुलीको खाली तारले छुँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

किमचौरबाट लोड गरिएका उक्त मुढा दाङ्गकाे तुलसीपुर लिने तयारी थियो ।

फोटो फाइल

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार