• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे दार्मामा बन्यो १५ सैयाकाे कोभिड अस्पताल


साउन १५, सल्यान ।

सल्यानकाे दार्मा गाउँपालिकामा काेभिड अस्पतालकाे उद्घाटन गरिएकाे छ ।

गाउँपालिकाकाे वडा नम्वर ३ थुम्केसल्लीमा निर्माण गरिएकाे कोभिड अस्पताल तथा आइसोलेसन भवनकाे शुक्रबार उद्घाटन गरिएको हाे ।

कर्णाली प्रदेश सरकारको ५० लाख लागतमा १५ सैयाको कोभिड अस्पतालकाे भवन ६० दिनमा निमार्ण गरिएको हो ।

कोभिड लगायतका अन्य सम्भावित महामारी, बहिरंग तथा इमर्जेन्सी सेवामा अस्पतालका कारण ठुलो टेवा पुग्ने गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

भवन उद्घाटन कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै शर्माले  कोरोना महामारीको समयमा जनताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए ।

जनता प्रति कर्णाली प्रदेश सरकार उत्तरदायी रहेको बताउँदै उनले प्रदेश सरकार र स्थानीय सरकारबिच समन्वय गरी अघि बढ्नु पर्ने बताए ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार