• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

माधव नेपाल अगाडीकाे कुर्सीमा प्रमुख अतिथि, पुन्य गाैतम पछाडीकाे कुर्सीमा अतिथि


साउन १६, काठमाडाैं ।

नेकपा एमालेको माधव समूहले शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत् भेला आयोजना गरेकाे छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा भएकाे सभाको अघि अखिल फोर्सले शक्ति प्रदर्शन गरेको थियाे । माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । र्‍यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभाको आयोजना गरिएको छ ।

सभामा प्रमुख अतिथि वरिष्ठ नेता माधवकुमार नेपाल रहेका छन् । अन्य नेताहरु पनि सहभागी भेलामा नेपालकाे कुर्सी पछाडी पुन्य गाैतम पनि अतिथिकाे रुपमा रहेका छन् । आफुलाइ एमालेकाे नेता दाबी गर्ने पुन्य गाैतम पछिल्लाे समय युटुबमा भाइरल व्यक्ति हुन् ।

एमालेभित्र घोषणा भएका गुटगत युवा मोर्चालाई विघटन गर्नुपर्ने बहस चलिरहेको बेला अखिल फोर्सको बृहत् भेलाकाे आयाेजना गरेकाे हाे । एमालेले युथ फोर्स गठन गरेसँगै माधव समूहले अखिल फोर्स गठन गरेको थियो ।

यस अगाडि नै नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार