• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

भारतीय एसएसबीले तुइन काटेर बेपत्ता भएको घटनाप्रति सल्यानमा विप्लव नेकपाकाे प्रदर्शन


साउन १६, सल्यान ।

दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको घटनाप्रति सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गरेकाे छ ।

नेकपा सल्यानका जिल्ला सदस्य द्वय टंक प्रकाश के सी र प्रकाश गिरिकाे उपस्थितिमा शनिबार श्रीनगरमा विराेध प्रदर्शन गरिएकाे हाे ।

कार्यक्रम बाेल्दै जिल्ला सदस्य टंकले भारतीय साम्राज्यवादले पटकपटक नेपाली जनताको विरुद्ध हस्तक्षेप गर्दा सरकार माैन रहेकाे बताए । सरकारकाे भारतप्रतिकाे लम्पसारवादले नेपालमा बेलाबेलामा यस्ता घटना हुने गरेकाे उनले बताए ।

पटकपटक नेपालकाे राष्ट्रियता र स्वाभिमानमा भारतकाे प्रहार भएकोमा यसका विरुद्ध नेपाल सरकार बाेल्न नसकेकाे उनले बताए ।

यस्तै प्रकाश गिरिले सम्पूर्ण युवाहरु भारतीय साम्राज्यवाद विरुद्धका संघर्षमा जुट्ने बेला भएकाे बताए । उनले भारतीय एसएसबीले तुइन काटेर नेपालीकाे हत्या गरेकाे बताउँदै हत्यारालाई कारवाहि गर्न माग गरे ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार