• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

मोटरसाइकल दुर्घटना हुदाँ सल्यानमा एक युवाकाे मृत्यु


साउन १६, सल्यान ।

मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एक जनाको ज्यान गएकाे छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका –६ लान्तीबाट वडा नम्बर ५ लेखपोखरा चोरपानी जाँदै गरेको प्रदेश –३–०२०२४ प ६७५४ नम्बरकाे मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक छत्रेश्वरी गाउँपालिका –५ चोरपानीका अन्दाजी २३ वर्षीय शालिक बुढा मगरको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

घटना शनिबार दिउँसाे ४ बजे भएकाे हाे ।

मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएको बुढा मगरको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजुर्न पौडेलले बताए ।

तिब्र गतिमा रहेकाे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने र थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाई छ ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार