• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे बागचाैरमा सिव गुफा यातायातका १० वटा अटाे संचालनमा, भाडादर पनि ताेकियाे


साउन १७, सल्यान ।

१० वटा अटाेहरुलाइ समेटेर सल्यानकाे बागचाैर नगरपालिका २ खरिबाेटमा सिव गुफा यातायातकाे शाखा विस्तार भएकाे छ ।

श्रीनगरमा प्राधान कार्यालय रहेकाे सिव गुफा यातायातले शनिबार बागचाैरकाे खरिबाेटमा शाखा खाेलेकाे हाे । उक्त शाखामा अहिले १० वटा अटाेहरु समावेश भएका छन् ।

बागचाैर नगरपालिका भित्र चल्ने उक्त अटाेहरुले भाडाकाे दररेट पनि कायम गरेका छन् ।

बागचाैरबाट खरिबाेट ५० रुपैयाँ, बागचाैरबाट रारेचाैर १ सय रुपैयाँ, बागचाैरबाट बांगेलाखुरी, २ सय, बागचाैरबाट पेदिखाेला २ सय ५० बागचाैरबाट सिमखाेली ३ सय भाडादर कामय गरिएकाे छ ।

त्यस्तै बागचाैरबाट थारमारे २० रुपैयाँ, बागचाैरबाट कालाखेत १ सय रुपैयाँ र बागचाैरबाट माेख्ला १ सय २० रुपैयाँ भाडा कायम गरिएकाे छ । समितिले कायम गरेकाे भाडा दरको बारेमा नगरपालिका सँग सम्झौता गरिने शाखा अध्यक्ष दिनेश चन्दले बताए ।

यी बाहेक अन्य ठाउँहरुमा जानेहरुका लागि पनि बुकिङअनुसारकाे भाडा ताेकिने उनले बताए ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार