• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

अपराधमुक्त समाजको लागि नागरिकको सहयोग अनिवार्य चाहिन्छ एसपी:अधिकारी


(सागर थापा) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खरै मात्र सरुवा भएर बाँके जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका छन । उनले बाँके जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको सहकार्य तथा स्थानीय जनताहरुको घर दैलोमा पुगेर मनो भावना अनुसार आफूले काम गर्न तयार रहेको बताए ।
आफू मिडियामैत्री प्रहरी अफिसर भएकाले चौबिसै घण्टा जिल्लाको शान्ति सुरक्षाको विषयमा पत्रकारहरुले सम्पर्क गर्न सक्ने एसपी कार्कीले बताए ।
जिल्लामा अब सीमा अपराधको अन्त्य, लागूऔषध ओसारपसारको न्यूनीकरण, तस्करहरुको समेत दिन सकिएको भन्दै बाँके प्रहरी प्रमुख एसपी अधिकारीले जिल्लाको शान्तिसुरक्षा तथा अमनचयन कायम राख्न आफू प्रतिबद्ध रहेको बताए । प्रहरी प्रमुख एसपी अधिकारीले अपराधमुक्त समाजको लागि नागरिकहरुको सहयोग अनिवार्य चाहिन्छ अनि मात्र प्रहरीले काम गर्न सक्ने बाँके एसपी अधिकारीले बताएका छन । अहिले कोरोना भाइरस विरुद्धको लडाइँ नै महत्त्वपूर्ण भएको उनको भनाइ छ । कोरोना भाइरसको जोखिम पूर्ण नियन्त्रणमा नआएसम्म सरकारले गरेको निर्णय र आग्रह पालन गरिदिन सम्पूर्ण बाँके जिल्ला बासीलाई बाँके प्रहरी प्रमुख एसपी अधिकारीले सम्पूर्ण बाँके जिल्ला बासीलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार