• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

रक्सी खाएर दाङमा आफ्नै बुबाले गरे १२ वर्षीया छाेरीलाइ बलात्कार


साउन १७, दाङ ।

रक्सीकाे नसामा आएर दाङमा बुबाले आफ्नै १२ वर्षीया छाेरीलाइ बलात्कार गरेका छन् । घटना दाङकाे तुलसीपुर बजार नजिकैकाे हाे ।

तुलसीपुरकाे बजार नजिकै घर भाडामा बस्दै आएका ३५ बर्षका बुबाले शनिबार दिउँसाे ३ बजे रक्सीकाे नसामा १२ वर्षीया छाेरीलाइ घरमै बलात्कार गरेका थिए ।

बाबुले छोरीलाई बलात्कार गरेको थाहा पाएपछि आमाले श्रीमानका बिरुद्ध बलात्कार सम्बन्धी मुद्दा दर्ता गरेपछि प्रहरीले बाबुलाई पक्राउ गरिसकेको छ । प्रहरीले घटनाका विषयमा कुनै जानकारी दिएको छैन । हाडनाता करणी भएकाले आरोपीको नाम र ठेगाना गोप्य राखिएको छ ।

एटीएम तोडफोड गर्ने दुई पक्राउ

यसैबीच दाङ प्रहरीले एटीएम मेसिन तोडफोड गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

साउन १२ गते घोराही उपमहानगरपालिका १५ शहिदगेट लाईनमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम तोडफोड गरी फरार रहेका दुई जनालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १३ मंलेरी निवासी १८ वर्षिय सुवास विक र सोही वडा सुन्दर टोल निवासी १८ वर्षिय प्रकाश भुषाल रहेका छन् ।

घोराही उपमहानगरपालिका १५ मा लुकिछिपी बसीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार