• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

काबुल विमानस्थल विस्फोटपछि अमेरिकी राष्ट्रपति बाइडनले दिए यस्ताे चेतावनी


भदाै ११, काठमाडाैं ।

अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ । बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडनले हमलाकारीलाई बदला लिने चेतावनी दिएका छन् ।

पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो ।

बाइडनले भनेका छन्,’यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छाै‌ं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ । हामी माफ गर्ने छैनाैं ।’

अमेरिकीलाई आफ्नो काममा आतंकवादीले राेक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन् ।

मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए । बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार