• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

एमाले अध्यक्ष ओली सर्वोच्चमा


भदाै १७, काठमाडाैं ।

पार्टी विभाजनविरुद्ध एमालेले कानुनी लडाइँ थालेको छ । एमाले अध्यक्ष केपी ओलीले बुधबार सर्वोच्च अदालतमा तीनवटा रिट दर्ता गराएका छन् ।

निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् सचिवालय, सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपाल अध्यक्ष रहेको नवगठित नेकपा (एकीकृत समाजवादी)लाई विपक्षी बनाएर उनले रिट दर्ता गराएका हुन् ।

दर्ता भएका तीन रिटको शुक्रबार पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा उत्प्रेषण, परमादेश र प्रतिषेधको आदेश माग गरिएको छ । माधव नेपाल अध्यक्ष भएको दल दर्ता आयोगले गर्नै नहुने, तर प्रचलित कानुनविपरीत दल दर्ता गरिएको रिटमा दाबी छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक रहेको उनको जिकिर छ । लुम्बिनी प्रदेशसभा सचिवालयका साथै प्रदेशका सभामुख पूर्णबहादुर घर्तीसहितलाई विपक्षी बनाई अर्को रिट पनि दर्ता भएको छ ।

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाबाट अलग हुने प्रधानन्यायाधीशको निर्णयविरुद्ध रिट दायर

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा.गणेश रेग्मीले बुधबार रिट दर्ता गरेका छन् ।

संविधानअनुसार संवैधानिक इलजासमा प्रधानन्यायाधीशकै नेतृत्वमा हुनुपर्नेमा संविधानविपरीतको निर्णय भएको भन्दै उनले रिट दायर गरेका हुन् । जसमा सर्वाेच्च अदालत, प्रधानन्यायाधीश, न्यायपरिषद् र नेपाल कानुन व्यवसायी परिषद्लाई विपक्षी बनाइएको छ ।

आजकाे नयाँ पत्रिकामा समाचार छ ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार