• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

नेकपा सल्यानका इन्चार्ज सविनद्वारा आमाबुबाको सम्झनामा २ लाख ३७ हजारको अक्षयकोष


भाद्र २८, सल्यान ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज बालकृष्ण शर्मा (सविन पोख्रेल) ले आमाको सम्झनामा अक्षयकोष स्थापना गरेका छन ।

भाद्र १४ गते निधन भएकी आमा टिकादेवी शर्माको स्मृतीमा सविन र उनकी श्रीमती दलित मुक्तिमोर्चा नेपालकी केन्द्रिय उपाध्यक्ष तथा पुर्व विधायक सीता विक (सम्झना)ले आमा तथा सासुआमाको सम्झनामा २ लाख ३७ हजारको अक्षयकोष स्थापना गरेका हुन् ।आमा तथा बुबाको समझनामा कुमाख २ रुमालगाउँमा रहेको घरमा श्रद्धाञ्जली सभामा अक्षयकोष स्थापना गरेका हुन ।

दिबङ्गत आमा टिकादेबी शर्मा, बुवा उमालाल शर्मा र आमा बिष्णु हमालको स्मृतिमा छोरा सविन तथा बुहारी सम्झनाले नारायण माध्यमिक विद्यालय कुमाख २ रुमालगाउमा टिकादेबी उमालाल बिष्णु शर्मा स्मृति छात्रवृत्ति अक्षयकोषको स्थापना गरेको घोषणा गरेका हुन् ।

अक्षयकोषको लाभांशबाट एसीईइ परिक्षामा सर्बोकृष्ट नतिजा हाँसिल गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थी एकजना छात्रा र एक जना छात्रलाई प्रत्येक बर्ष पुरस्कृत गरिने कार्यविधिमा उक्त विद्यालयका प्रअ देबेन्द्र बहादुर रावत र दिबङगत आमा टिकादेबी शर्माका छोरा सबिनले हस्तान्तरण गरेका हुन् ।

दिबङ्गत आमा बुवाका छाेराहरु नेपाल सरकारका उप सचिव समेत रहेका राम बहादुर हमाल, सविन, रामकुमार शर्मा, नवराज शर्मा, छाेरीहरु सहिद पत्नी सरस्वती शर्मा, बिजया शर्मा, उमा शर्मा, टीका शर्मा, ज्वाइँ ज्ञानु कुमार शर्मा, श्रीकृष्ण शर्मा, बुहारी सीता विक सम्झना, नेपाल कम्युनिस्ट पार्टी दाङ ,नेपाल कम्युनिस्ट पार्टी सल्यान र नेपाल कम्युनिस्ट पार्टी रुकमले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सितलले दिबङगत टिकादेबी शर्माको सामाजिक, पारिवारिक र साँस्कृतिक योगदानले समाज रुपान्तरणमा महत्वोपुर्ण देन रहेको बताए ।

प्रगतिशील सस्कृती र सस्कार अबलम्बन गर्ने कुराले समाजमा साँस्कृतिक जागरण ल्याउन सघाउ पुर्याउने र यस्तो सस्कार अबलम्बन गर्न सबैले ध्यान दिनुपर्ने उनले बताए। परिवारले आमाबुवाको स्मृतिमा अक्षयकोष स्थापना गरेकोमा खुसी व्यक्त गर्दै उनले यस्तो संस्कार सबैले स्वीकार गर्नुपने बताए ।

उनले देशको राजनितिको बारेमा कुरा गर्दै अहिलेको राजनीतिक संकटको हल भनेको प्रगतिशील सयुक्त सरकार जनमत सग्रह र बैज्ञानिक समाजवादमा मात्र भएकोले यस बाटोमा अग्रसर हुन सबैलाई अपिल गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य बिश्व सहित विभिन्न पार्टीका स्थानीय नेताहरू र बुद्धिजीवी लगाएतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

उक्त अक्षयकोषको घोषणा गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दिबङगत आमा टीका देबि शर्माका छोरा सबिन पोखरेलले एउटा प्रगतिशील संकृती र सस्कारलाइ माया र प्रेरणा दिने आमालाई गुमाउदा पिडाबोध भएको बताउदै आफुहरुको अन्तरजातीय बिबाहलाई स्वीकार गरेर बुहारीलाई गृह प्रवेश गराएर आमाले आफ्नो जीबनकालमा ठुलो क्रान्ति गर्नु भएकोको स्मरण गरे ।

आमाको जैविक शरीररको विघटन भएपनी आमाको पारिवारिक सामाजिक र सास्कृतिक योगदान समाज र आफ्नोलागी सधै जीबित रैरहने छ भन्दै आमाप्रती श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै बुहारी सीता बिक सम्झनाले सासु आमा टीकादेबीले सामान्ती जातीवादी सस्कारका विरुद्ध मौन बिद्रोह गरेर आफुहरुलाइ मातृत्व प्रदान गरेको कुरा नेपालको साँस्कृतिक जागरणको आन्दोलनमा एउटा नमुना भएको कुरा स्मरण गरिन ।

उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी सल्यान र दिबङ्गत टीकादेबी शर्माको घरपरिवारको सयुक्त आयोजनामा भएको हो । नेपाल कम्युनिस्ट पार्टी सल्यानका सेक्रेटरी नारायण चन्दले सन्चालन गरेको कार्यक्रममा नेकपा सल्यानका नेता लोकपाल केसी महेन्द्र, युवा सगठन नेपालका केन्द्रीय सदस्य तिलक योगी, नेकपा पश्चिम रुकुमका नेता नरेन्द्र बिक, राष्ट्रिय उद्दोग बाणिज्य महासघका केन्द्रिय सदस्य भद्र वली, विद्यार्थी नेता टक केसी, दिबङ्त टिकादेबी शर्माका आफन्तजन र स्थानीय जनताको बीचमा भएको हो ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार