• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

वन रक्षकका लागि अभ्यास गर्ने क्रममा दाङमा नदीमा डुबेर एक विद्यार्थीकाे मृत्यु


भाद्र २८, दाङ ।

वनरक्षकका लागि अभ्यास गर्ने क्रममा दाङमा नदिमा डुबेर एक विद्यार्थीकाे ज्यान गएकाे छ ।

घाेराही भरतपुरमा रहेकाे पद्मोदय पब्लिक नमुना माबिमा डिप्लोमा इन अटोमोबाइल इन्जिनियर तेस्रो बर्षमा अध्यनरत विद्यार्थीकाे नदिमा पाैडी खेल्ने क्रममा मृत्यु भएकाे हाे । मृतक राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निबासी १८ बर्षका आशिष चौधरी रहेकाे प्रहरीले जनाएकाे छ ।

दंगीशरण गाउँपालिका वडा नम्बर ३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडीने क्रममा उनकाे डूबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

मृतक युवक शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए । प्रहरीका अनुसार उनले वनरक्षकका लागि फर्म भरेका थिए । त्यसका लागि साथी सँग मिलेर नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएकाे प्रहरीकाे भनाइ छ ।

शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार