• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

विष्णु माझी र शक्ती चन्दकाे ‘स्याउला’ सार्वजनिक (भिडियाेसहित)


भदाै ३०, सल्यान ।

‘बसाैं माया ओछ्याइ स्याउला बरु स्याउला भाँचेर मै ल्याउँला’ एउटा नेपाली टिपिकल शब्द !

यस्तै धेरै टिपिकल शब्द मिलाएर चर्चित गायिका विष्णु माझी र गायक शक्ती चन्दकाे आवाजमा स्याउला बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

पहाडी भागकाे हरियाली क्षेत्रमा छायाकंन गरिएकाे गीतकाे म्यूजिक भिडियाेमा चर्चित माेडल करिष्मा ढकाल र अभिषेक श्रेष्ठलाइ पनि देख्न सकिन्छ । गीतमा ‘वनकाे माया वनमै, मनकाे माया मनमै’ जस्ता शब्दहरु पनि सुरुमै सुनिन्छन् ।

गीतकाे निर्देशन राजकुमार मगरले गरेका छन् ।

हेर्नुहाेस् गीतकाे भिडियाे

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार