• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानको अध्यक्षमा राजेन्द्र खड्का


कमल डाँगी

कमल डाँगी/ असाेज १, सल्यान ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानकाे जिल्ला अध्यक्षमा राजेन्द्र खड्का चयन भएका छन् । बिहीबार जिल्लाकाे बागचाैरमा भएकाे २० औं जिल्ला सम्मेलनले खड्काकाे नेतृत्वमा २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा शेरजन चन्द, सचीवमा दिपक खडका, सहसचिवमा बिस्न्नु बुढाथोकी र कोषाध्यक्षमा प्रेम वलि रहेका छन् ।

सम्मेलनकाे उद्घाटन नेकपाका विषेश कमिटी सदस्य लाेक्पालले गरेका हुन् । कार्यक्रममा बाेल्दै उनले जनयुद्धले उठायका कदमहरुमा प्रचण्ड बाबुरामले धोका नदिएको भए अहिले आफुहरु एकीकृत जनक्रान्तीको दिशामा जानु नपर्ने अवस्था नभएको बताए ।

उनले अब यस्तै संघर्षहरुले जनताको व्यवस्था आएर देशमा आमूल परिवर्तन आउने बताए । जनताको आधारभूत आवस्यकता निशुल्क हुनुपर्ने र त्यो व्यवस्था वैज्ञानिक समाजवाद मात्र भएको समेत उनकाे दाबी थियाे ।

कार्यक्रमका अर्का अतिथी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मदन चन्दले अहिलेको शिक्षा दलाल संसदीय व्यवस्थालाई रक्षा गर्ने साम्राज्यवाद लाई रक्षा गर्ने भएकोले अबको समयमा वैज्ञानिक शिक्षा आवस्यक भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै राप्ती संयोजक दिपक ले वैज्ञानिक समाजवादी शिक्षा देशमा चाहिएको बताए । अखिल क्रान्तिकारी दलालहरु भन्दा एक कदम अगाडि भएको र बिद्यार्थी सर्वहारा जन्ताको लागी कार्य गरिएको र गर्नुपर्ने उनको भनाइ थियाे ।

सम्मेलनमा नेकपाका विषेश कमिटी सदस्य लाेक्पाल, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मदन चन्द, पार्टीका सल्यान जिल्ला सेक्रेटरी नारायण चन्द, अखिल (क्रान्तिकारी) सल्यानका जिल्ला इन्चार्ज सल्यान टंक प्रकाश केसी, अनेमसंघ (क्रान्तिकारी)का हेमन्ता बुढाथोकी, जनपत्रकार संगठन नेपाल सल्यानका अध्यक्ष विरेन्द्र डिसी, युवा संगठन सल्यानका अध्यक्ष प्रकाश गिरी लगायतको आतिथ्यता रहेको थियो ।

गणेश क्षेत्री (प्रभाकर) को अध्यक्षमा सुरु भएको कार्यक्रमको संचालन राजेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार