• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

२१ महिनापछि छुटे विप्लव नेकपा सल्यानका एक नेता


असाेज ३, सल्यान ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सचिवालय सदस्य पदम बहादुर खत्री ‘सन्ताेष’ २१ महिनाकाे जेलजिवन पछि रिहा भएका छन् ।

नेकपामाथी तत्कालिन सरकारले प्रतिबन्ध लगाएपछि २०७६ मंसिरमा उनि पक्राउ परेका थिए । उनलाइ हातहतियार तथा खरखजना मुद्दामा जेल हालिएकाे थियाे ।

आइतबार संविधान दिवसकाे अवसरमा उनलाइ माफी दिइएकाे जिल्ला कारागार सल्यानले जनाएकाे छ । उनिसँगै सल्यानमा संविधान दिवसकाे अवसरमा माफी पाउनेहरुमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्दाका १ सहित ७ जना रहेका छन् ।

सल्यानमा अब विप्लव नेकपाका २ जना नेताहरु जेलमा रहेका छन् । बनगाड कुपिण्डे नगरपालिकाका कालिराम बादी ‘सुर्य’ र कुमाख गाउँपालिकाका भीम बहादुर रावत रहेका छन् ।

सरकार र विप्लव बीच भएकाे तीन बुँदे सहमतिअनुसार उनिहरुलाइ पनि छिटाे छाेड्न नेकपा सल्यानले पटकपटक जिल्ला प्रशासन कार्यालयलाइ ध्यानाकर्षण गराउँदै आएकाे छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार