• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा घर हिडेका प्रधानध्यापक सम्पर्कबिहिन


असाेज ३, सल्यान ।

सल्यानमा घर जाँदै गरेका प्रधानध्यापक सम्पर्कबिहिन भएका छन् ।

जिल्लाकाे बागचौर नगरपालिका १२ बाफुखाेलामा रहेकाे दुर्गा सरस्वती माबिका प्रधानध्यापक नेब बहादुर ओली शनिबार (हिजाे)देखि सम्पर्कबिहिन बनेका हुन् ।

बाइक सर्भिसिङ गर्न शनिबार श्रीनगर आएका उनि घर फर्किदै गर्दा सम्पर्कबिहिन बनेकाे परिवारले जनाएकाे छ ।

परिवारकाअनुसार उनले शनिबार साँझ ५ बजे आफु बाइक सर्भिसिङ गरेर श्रीनगरबाट बरला आइपुगेकाे र घर आउँदै गरेकाे फाेनमा बताएका थिए । तर त्यसपछि उनि सम्पर्कमा आउन सकेनन् ।

घर नआएपछि परिवारले चारैतिर आफन्तकाे घरमा सम्पर्क गरेपनि उनि कतै नगएकाे बुझिएकाे छ । उनकाे खाेजि कार्यका लागि घरपरिवारले सबैलाइ आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार