• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

काँग्रेस सल्यानकाे चुनावमा दुइ समुहबाट पदाधिकारीहरुकाे उमेद्वारी टुंगियाे (नामावली सहित)


असाेज ४, सल्यान ।

नेपाली कांग्रेस सल्यानको आसन्न निर्वाचनका लागि दुइवटा समुहले आ-आफ्ना उमेद्वारहरुकाे टुंगाे लगाएका छन् ।

एउटा समुहबाट केश बहादुर विष्ट र अर्काे समुहबाट धुर्व पुरी जिल्ला सभापतिकाे उमेद्वार बनेका छन् । दुवै समुहले सभापति सहित अन्य पदाधिकारीकाे पनि टुंगाे लगाएका छन् ।

केश बहादुर समुहले उपसभापतिमा सन्ताेष केसी र गाेपाल बुढाथाेकीलाइ उठाएकाे छ भने पुरी समुहले उपसभापतिमा चक्र देवकाेटा र डिल्ली बहादुर बुढाथाेकीलाइ उठाएकाे छ ।

पुरी समुहबाट सचिवमा प्रकाश भण्डारी र लाेकराज आचार्य रहेका छन् भने विष्ट समुहबाट सचिवमा डिल्ली प्रशाद जैशी र एकराज बुढाथाेकी रहेका छन् ।

त्यसैगरी विष्ट समुहबाट सहसचिवमा खिम बहादुर रावत र बुद्धि प्रकाश हमाल रहेका छन् भने पुरी समुहबाट सहसचिवमा पदम बुढाथाेकी र जनकराज गाैतम रहेका छन् ।

क्षेत्रिय सभापतिमा विष्ट समुहबाट क्षत्रे नम्बर १ मा गाेरख केसी र क्षेत्र नम्बर २ मा बीर बहादुर सेजवाल रहेका छन् । त्यस्तै पुरी समुहबाट क्षेत्र नम्बर १ मा सुरेश चन्द र क्षेत्र नम्बर २ मा सुरेश अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार