असाेज ५, सल्यान ।
वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका सल्यानका एक युवककाे दुर्घटनामा परेर मृत्यु भएकाे छ ।
सल्यान निगालचुला निवासी २५ बर्षिय नेपाली श्रमिक गोविन्द खनालको मोटरसाइकल दुर्घ”टनामा परि मलेसियामा मृत्यु भएकाे हाे । आईतवार बिहान करिब ०४:०० बजेको समयमा उनकाे दुर्घटनामा परि घ’टनास्थलमै मृत्यु भएकाे हाे ।
साथी जिवराज चौधरीले दिइएको जानकारी अनुसार गोविन्द खनाल चाडैंनै स्वदेश फर्किने तयारीमा रहेका थिए। घर जान लागेको खुसियालीमा शनिबार रातीको समयमा साथीभाईहरुसंग खानपिन गरेर बिहान मोटरसाइकलमा सवार भएर गोविन्द खनाल र देव बहादुर मगर सडकमा निस्केका थिए ।
अत्याधिक गतिका कारण दुबैजना चढेको मोटरसाइकल सडकमा अनि’यन्त्रित भैइ दुर्घ”टना हुँदा गोविन्दको मृत्यु भएको र देव बहादुर मगर गम्भीर घाइते भएको जनाइएको छ ।
मोटरसाइकल कसको थियो र बिहान् बिहान् कहाँ जादै थियो भन्ने बारे उनका साथीहरु पनि अनबिज्ञ रहेकन छन् ।
दुर्घटना भए लगत्तै मलेसियन प्रहरी घटनास्थलमा पुगेर हाल मृतक गोविन्दको शव पोस्ट’मार्टमको लागी स्थानीय अस्पतालमा राखिएको छ्न भने गम्भीर घाइते मगरको उपचार साहआलममै अवस्थित एक अस्पतालमा भैइरहेको जनाएको छ।