• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा काँग्रेसकाे नगर उपसभापतिमा २० र सचिवमा २२ वर्षका युवाकाे उमेद्वारी


असोज ७, सल्यान ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सल्यानमा युवा पुस्ताकाे आर्कषण देखिएको छ । गएकाे भदाै २१ गते एकैसाथ भएकाे ८३ वडाहरुकाे वडा अधिवेशनमा धेरैजसाे युवाहरु वडाकाे नेतृत्वमा आएका छन् ।

त्यस्तै धेरैजसाे युवाहरु क्षेत्रिय प्रतिनिधिमा पनि आएका छन् । अहिले पालिकाकाे नेतृत्वमा पनि युवाहरुकाे आकर्षण देखिएकाे छ ।

काँग्रेस शारदा नगरपालिकाकाे उपसभापतिमा २० बर्षीय अभिषेक हमाल भिड्दै छन् । उनी काँग्रेसबाट उम्मेदवारी दिने जिल्लाकै कान्छो उम्मेदवार हुन ।

उनि नेपाल पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष स्वार्गीय उत्तम हमालका छाेरा समेत हुन् । हमाल शारदा नगरपालिकाको नेबिसंघ सभापति समेत भएर काम गरिसकेका छन् । काँग्रेस भित्र बुढापाका मात्रै छन् भन्नेहरुका बिरुद्ध आफ्नाे उम्मेदवारी भएकाे उनकाे भनाइ छ । उनि बुबा सम्मानका उमेरका व्यक्तिसँग चुनावमा लड्दै छन् ।

उनि जिल्ला सभापतिका उमेद्वार केश बहादुर विष्टकाे प्यानलबाट चुनावमा भिड्दै छन् । उनकाे प्यानलबाट नगरसभापतिमा हिमेन्द्र बाबू सेजवाल, उपसभापतिमा हमाल सहित तेज राज थापा, सचिवमा यादव हमाल र उत्तम थापा, सहसचिवमा भेद बहादुर गिरी र कृष्ण बहादुर कवर रहेका छन् ।

त्यस्तै जिल्ला सभापतिका अर्का उमेद्वार धुर्व पुरीकाे टिमबाट पनि युवा पुस्ताहरु अगाडी देखिएका छन् । याे टिमबाट शारदा नगरपालिकाकाे सचिवमा २२ बर्षिय अनिल भण्डारी पनि भिड्दै छन् ।

भण्डारीले आफु लामो समय देखि नेपाली काँग्रेसको भातृ संस्था नेबिसंघको राजनितिमा काम गरेकाे बताए । सानै उमेरदेखि राजनितिक रुपमा कृयाशील रहेको बताउँदै उनले काँग्रेसको राजनीतिमा युवा पुस्ताले पनि अवसर पाउनु पर्छ भन्ने कुराको आत्मासाथ गर्दै नगर सचिवमा उम्मेद्वारी दिएको बताए ।

भण्डारी सचिव रहने टिमबाट नगर सभापतिमा दीपक हमाल, उपसभापतिमा लोकबहादुर भण्डारी र अम्बिका बोहोरा, सचिवमा अनिल भण्डारी सँगै कुल बहादुर रावत रहेका छन् ।

सल्यानमा काँग्रेसकाे पालिकाकाे चुनाव आगामी असाेज ९ गते हुँदै छ ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार