• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानबाट राष्ट्रिय राजनीतिमा छलाङ


असोज ७, सल्यान ।

सल्यान जिल्लाबाट राजनीति गर्दै आएका प्रकाश ज्वाला राष्ट्रिय राजनीतिमा छाएका छन् । यसअघि तत्कालिन नेकपा एमालेकाे पाेलिटब्यूराे सदस्य रहेका ज्वाला एमाले फुटेर बनेकाे नेकपा (एकीकृत समाजवादी) पार्टीकाे उपमहासचिव बनेका छन् ।

सल्यानबाट पार्टीकाे केन्द्रीय पदाधिकारी पर्नेमा अहिलेसम्म तत्कालिन राप्रपाकाे सहमहामन्त्रीमा मनाेज प्रधान रहेका थिए । प्रधानले राप्रपा छाेडेर एमालेमा प्रवेश गरेपछि उनलाइ अहिले एमालेकाे प्रदेश कमिटी सदस्यमा राखिएकाे छ ।

प्रधानले राप्रपा छाेडेपछि राप्रपाकाे सहमहामन्त्रीमा सल्यानबाटै राजेन्द्र बिर राय भएका थिए । उनि पनि केहि समयकाे लागि मात्रै सहमहामन्त्री बने । अब सल्यानबाट पार्टीकाे केन्द्रीय पदाधिकारीमा रहने नेतामा प्रकाश ज्वाला मात्रै रहेका छन् ।

२०५६ मा पहिलाेपटक सल्यान क्षेत्र नम्बर १ बाट सांसद बनेका ज्वाला २०७० मा सल्यान क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य र २०७४ मा सल्यान प्रदेशसभा २ बाट प्रदेश सांसद बनेका हुन् । त्यसपछि कर्णाली प्रदेश सरकारकाे आर्थिक मामिला तथा याेजना मन्त्री बनेका ज्वाला एमालेबाट फलाेर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाइ समर्थन गरेपछि सांसद र मन्त्री पद दुवै गुमाएका थिए ।

नेकपा एसले बिहीबार टुंग्याएकाे पदाधिकारीमा अध्यक्ष माधव कुमार नेपाल अध्यक्ष, वरिष्ठ नेता झलनाथ खनाल , नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, धनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई रहेका छन् ।

त्यस्तै महासचिवमा बेदुराम भुसाल, उप महासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधार, डा. विजय पौडेल, सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् ।

यस्तै स्थायी कमिटीमा ३५ र पोलिटब्यूरोमा ७१ सदस्यीय राख्ने नेकपा एसले निर्णय गरेकाे छ ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार