• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

गायक नेत्र भण्डारीकाे ‘माया माकुरीको’ सार्वजनिक (भिडियो सहित)


Author Logo..
अमृत बाबु बुढाथोकी

असोज ६, सल्यान ।

लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक नेत्र भण्डारीको स्वरमा रहेका पछिल्लो समय निकै चर्चित गीत बजारमा रहेका छन ।

सल्यानकाे लेखपाेखरामा जन्मिएका गायक भण्डारी लामो समय देखि गीत संगीतलाई निरन्तर दिँदै काठमाडाैंलाई कर्मथलो बनाउदै आएका छन।

गायक भण्डारीको यो वर्ष मात्रै गीत दर्जनौंको हाराहारी बजारमा छन् । गीत संगीतको निरन्तरताको क्रममै गायक भण्डारीले फेरि ‘अर्को माया माकुरीको’ गीत सार्वजनिक गरेका छन् ।

रमेश परियारको शब्द, लय र सृजनामा रहेको गीतमा निकै मीठा शब्द लयले भरिपुर्ण रहेको छ । नेत्र भण्डारी र समीक्षा अधिकारीको आवाज रहेको गीतको म्युजिक भिडियोमा एलिसा राई र सुवास थापा मगर अभिनय रहेको छ।

म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक शिवान काजि श्रेष्टले गरेका छन । गीत रिजन नेपालबाट सार्वजनिक गरिएकाे छ ।

हेर्नुहाेस् भिडियो

 

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार