• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यान काँग्रेसकाे पालिका नेतृत्वमा एकमात्र महिला


असाेज ९, सल्यान ।

सल्यानमा नेपाली काँग्रेसकाे पालिका नेतृत्वमा एकमात्र महिला आएकी छन् ।

छत्रेश्वरी गाउँपालिका सल्यानकाे सभापतिमा सिता केसी विजय भएपछि जिल्लाका दश वटा पालिकामा महिला नेतृत्वमा उनिमात्रै देखिएकी छन् । अन्य नाै वटा पालिकाकाे नेतृत्वमा पुरुष मात्रै रहेका छन् ।

छत्रेश्वरीमा केसीले उनका प्रतिद्वन्द्वी टेक बहादुर विष्टलाइ १९ मतले हराउँदै निर्वाचित भएकी हुन् ।

केसीले ६१ मत ल्याएकी छन् भने प्रतिद्वन्द्वी विष्टले ४२ मत ल्याएका छन् । निर्वाचित केसी छत्रेश्वरी गाउँपालिका सरकारकी उपाध्यक्ष समेत हुन् । उनि जिल्ला सभापति केश बहादुर विष्ट टिमका हुन् ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार