• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारीकाे अध्यक्षमा प्रकाश शाही


असोज ९, पोखरा ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन अखिल (क्रान्तिकारी) को केन्द्रिय अध्यक्षमा प्रकाश शाही सर्वसम्मत निर्वाचित भएका छन् ।

पाेखरामा असाेज ६ गतेदेखि सुरु भइ शनिबार सकिएकाे २२ औं राष्ट्रिय सम्मेलन शाहीको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

जसमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपा बुढा मगर रहेका छन् ।

सम्मेलनको उद्घाटन र बन्द सत्रमा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, सन्तोश वुढामगर लगायतका नेताहरुको सहभागीता रहेको थियो । बन्द सत्र शुक्रवार सकिने भनिएपनि कार्यक्रम लम्विएकाले शनिबार मात्र सकिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

सम्मेलनले संगठनको विद्यान, प्रतिवेदन आगामी योजनाको कार्यपत्र समेत सर्वसहमत पारित गरेको छ । वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तीको आन्दोलनमा विद्यार्थीहरु एक भएर जाने सम्मेलनले निर्णय गरेको छ ।

सम्मेलनले निवर्तमान अध्यक्ष रहेका चिरनजिवी ढकाल सहित २४ जना केन्द्रीय सदस्यलाई ससम्मान विधाई गरेको छ । सम्मेलनको उद्घाटन सत्र र वन्द सत्रमा नेकपाका महासचिव विप्लवले सम्वोधन गर्दै तीन वुदे सहमति सरकारले कार्यन्वयन नगरे युवा विद्यार्थी संगै सिंगो पार्र्टी जनतामा जाने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार