असाेज ९, सल्यान ।
नेपाली काँग्रेस बनगाड कुपिण्डे नगरपालिका सल्यानकाे चुनाव राेचक देखिएकाे छ । शनिबार (आज) भएकाे काँग्रेसकाे नगर अधिवेशनमा कुल १४३ मत खसेको थियाे ।
जुन अहिले गणना भैरहेकाे छ । सुरुमा ५० मत गन्दा सभापतिका उमेद्वार पुरुस्वम आचार्यले २४, दीपेन्द्र बिस्टले २४ र दुर्गा खड्काले २ मत ल्याएका थिए ।
यहाँ सभापतिका ३ जना उमेद्वार छन् । त्यस्तै, अहिले एक सय मत गणना गर्दा सबैले ठ्याक्कै डबल ल्याएका छन् । सय मत गणना हुँदा आचार्यले ४८, बिस्टले पनि ४८ र खड्काले ४ मत ल्याएका छन् ।
पुरुस्वम आचार्य जिल्ला सभापतिका उमेद्वार केश बहादुर विष्ट प्यानलका हुन् भने दीपेन्द्र बिस्ट धुर्वराज पुरी प्यानलका हुन् । दुवैलाइ सहमतिमा मिलाउन खाेज्दा नमिलेपछि दुर्गा खड्काले तेस्राे धारबाट उमेद्वारी दिएका हुन् ।
अन्य पदाधिकारीमा पनि धेरैकाे मत निजक नजिकै देखिएकाे छ ।
उपसभापति
उमलाल बुढा मगर :४३
खगेन्द्र कुमार बिसि :४४
डिल बहादुर राणा :५०
राकेश कुमार पुन:५५
सचीव
मान बहादुर बिस्ट :४८
राम बहादुर बस्नेत :५४
रिता कुमारी ओलि :४५
शंकर बुढाथोकी :४५
सहसचिव
ढाल बहादुर खत्री :४६
दिल बहादुर बुढाथोकी :४३
भद्र बिरे बस्नेत :४२
योगेश कुमार पुन :५६