• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा काँग्रेसकाे चुनाव : पुरी र विष्टकाे समुहले बराबर पालिका जिते (सुचि सहित)


असाेज ९, सल्यान ।

कांग्रेस सल्यानको १४ औँ महाधिवेशनकाे आज (शनिबार) दशवटा पालिकामा भएकाे अधिवेशनमा दुइ वटा पालिकामा सहमति र ८ वटा पालिकामा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएकाे छ ।

दुइ समुहकाे प्यानल बनाएर सल्यानमा निर्वाचनमा हाेमिएकाे काँग्रेसमा एउटा टिमकाे नेतृत्व धुर्वराज पुरी र अर्काे टिमकाे नेतृत्व केश बहादुर विष्टले गरेका छन् । यी दुइ जिल्ला सभापतिका उमेद्वार हुन् ।

१० वटा पालिका रहेकाे सल्यानमा सबै पालिकाकाे मत गणना सम्पन्न हुँदा ५ वटा धुर्व पुरी र ५ वटा पालिकाकाे नेतृत्व केश बहादुर विष्टले लिएका छन् ।

धुर्व पुरीकाे टिमले लिएकाे नेतृत्वमा शारदा नगरपालिकामा सभापति दिपक हमाल, कपुरकाेट सभापति एकराज वली, दार्मा गाउँपालिका सभापति कृष्ण वली, कालिमाटी गाउँपालिका सभापति गणेश केसी, सिद्ध कुमाख सभापति बीर बहादुर बुढाथाेकी रहेका छन् ।

त्यस्तै केश बहादुर विष्ट टिमले लिएकाे नेतृत्वमा बागचाैर सभापति दिपेश डिसी, बनगाड कुपिण्डेमा सभापति पुरुस्वतम आचार्य, छत्रेश्वरीमा सभापति सिता केसी, कुमाख गाउँपालिका सभापतिमा इश्वरी शाही र त्रिवेणीमा सभापति गंगाराम पुन निर्वचित भएका छन् ।

कसकाे मत कति 

शारदाः दिपक हमाल १४५, हिमेन्द्र बाबू सेजवाल ८८

बागचाैर: दिपेश डिसी १०८, भिम बहादुर भण्डारी ७२

बनगाड कुपिण्डे : पुरुस्वतम आचार्य :७२, दीपेन्द्र बिस्ट :६५, दुर्गा खड्का:६

कपुरकाेटः एकराज वली ६२, विष्णु शर्मा ३२

कालिमाटीः गणेश केसी ७३, पूर्ण बहादुर खत्री २३

छत्रेश्वरी: सिता केसी ६१, टेक बहादुर विष्ट ४२

दार्मा : कृष्ण वली ४९, विशाल सिंह ४०

कुमाख : इश्वरी शाही ५१, इन्द्र प्रकाश शर्मा ४४

त्रिवेणी : गंगाराम पुन सहमति

सिद्ध कुमाख : बीर बहादुर बुढाथाेकी सहमति

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार