• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

तेस्राे बिहे गरेर जेल परेका वडाध्यक्षलाइ राष्ट्रपतिबाट माफी दिएर एमालेमा प्रवेश गराइयाे


असाेज ११, सल्यान ।

घरमा दुइवटी श्रीमती हुँदा हुँदै सल्यान बनगाड कुपिण्डे नगरपालिकाका वडाध्यक्ष इन्द्र कुमाइले गतवर्ष (०७७)काे मंसिर १ गते तेस्राे श्रीमतीकाे रुपमा अर्काकाे श्रीमतीलाइ भगाएर बिहे गरे ।

अर्काेकाे श्रीमती भगाएर आफ्नाे तेस्राे श्रीमती बनाएपछि उनले त्याे बेला लेकाली अनलाइनसँग कुरा गर्दै उनले भनेका थिए, , ‘हामी लामौ समयदेखी प्रेममा थियौं, गाउँमा सबैले थाहा पाए अनि म बिहे गर्न बाध्य भए ।’ उनले आफुले गल्ती गरेकाे र कानुनी सजाय भाेग्न समेत तयार भएकाे बताएका थिए ।

०७७ मंसिर १९ गते प्रहरीले उनलाइ पक्राउ गरेर बहुविवाह कसुरमा मुद्दा चलायाे । जिल्ला अदालत सल्यानले ०७७ फागुनमा वडाध्यक्ष सँगै उनकी कान्छी श्रीमती दुईजनालाई एक वर्ष कैद सँगै १० हजार जरिवानाको फैसला सुनायाे । त्यसपछि उनि जिल्ला कारागार सल्यान चलान भए ।

तर गएकाे असाेज ३ गते संविधान दिवसकाे अवसर पारेर उनलाइ राष्ट्रपतिद्वारा आममाफी दिइयाे र जेल मुक्त भए ।

तिनै वडाध्यक्षलाइ अहिले नेकपा एमाले सल्यानले आफ्नाे पार्टीमा प्रवेश गराएकाे छ । उनलाई नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराएका हुन् ।

कुमाई स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । पार्टीको अगुवा कार्यकर्ता भेलामा उनी सहित दुई दर्जन भन्दा वढि कार्यकर्ताले पार्टी प्रवेश गरेको नेकपा एमाले नगर कमिटी सदस्य दलवहादुर वस्नेतले जानकारी दिए ।

सल्यानका एक कानुन व्यवसायी भन्छन्, ‘यसरी बहुविवाह अपराधमा जेल परेकालाइ आममाफी दिन हुँदैन थियाे । आममाफीकाे लागि पहिला सिफारिस गर्ने निकायले ध्यान दिनु पर्थ्याे । यदि उसले सिफारिस गरेपनि प्रमुख जिल्ला अधिकारीले यस्ता अपराध गर्नेलाइ सिफारिस गर्न हुँदैन थियाे ।’

राष्ट्रपति कार्यालयमा पुगेका यस्ता फाइलहरु हजाराैं हुने गरेकाे र राष्ट्रपतिले सबै हेर्न नभ्याउन गरेकाे उनि बताउँछन् ।  जिल्लाबाट नै यस्ता व्यक्तिलाइ आममाफीकाे लागि सिफारिस गर्न नहुँने उनि बताउँछन् । वडाध्यक्ष कुमाइ छुट्ने समय अब थाेरै मात्र थियाे तर संविधान दिवसकाे खिलाप हुनेगरी यसरी विवादित काम गर्न नहुँने ति अधिवक्ताकाे भनाइ छ ।

याे पनिः सल्यानमा बहुविवाह गर्ने वडाध्यक्षलाइ संविधान दिवसकाे अवसरमा माफी दिइयाे

याे पनिः सल्यानमा बहुविवाह गरेका वडाध्यक्षको नयाँ जोडीलाई अदालतले सुनायो यस्तो फैसला

याे पनिः तेस्राे बिहे गर्ने वडाध्यक्षकाे भाग्यः जारीमा ७ लाख सकियाे, पद पनि गुम्याे, जेल पनि गए

याे पनिः अर्काकाे श्रीमती भगाएर तेस्राे बिहे गर्ने सल्यानका वडाध्यक्ष प’क्राउ

याे पनिः अर्काकाे श्रीमती भगाएर तेस्राे बिहे गर्ने सल्यानका वडाध्यक्षले तिरे ७ लाख ७० हजार

याे पनिः ‘आमा सधै बैठकमा जान्छु भन्नुहुन्थ्याे, तर वडाध्यक्षसँग बिहे गरेर जानुभयाे’

याे पनिः सल्यानमा वडाध्यक्षले भगाए अर्काको श्रीमती, उनि भन्छन् ‘मायाप्रेम बढेपछि तेस्रो बिहे गरे’

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार