असाेज १२, राेल्पा ।
राेल्पामा एक वर्षकाे अवधिमा भीरबाट लडेर २५ जनाको मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुवेदीका अनुसार गत आर्थिक वर्षमा मात्रै रोल्पामा भीरबाट लडेर २५ जनाको मृत्यु भएको हाे । जिल्लाका विभिन्न ठाउँमा भएका अलग/अलग घटनामा २५ जनाको मृत्यु भएको डिएसपी सुबेदीले बताए ।
भीरबाट लडेर ज्यान गुमाउनेहरू धेरैजसाे मदिरा सेवन गरी हिँड्नेहरू भएकाे उनले बताए । त्यस्तै मेलापात गएकाहरू पनि भीरबाट लडेर मृत्यु हुने गरेको उनकाे भनाइ छ ।
रोल्पामा चालु आर्थिक वर्षमा मात्रै भीरबाट लडेर चार जनाको मृत्यु भइसकेको छ। सोमबार दिउँसो ४ बजेतिर मात्रै परिवर्तन गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय भिमप्रसाद खत्रीको भीरबाट लडेर मृत्यु भएको उनले जानकारी दिए ।
त्यस्तै आइतबार त्रिवेणी गाउँपालिका ७ गाङ स्थित प्रेमीको घरमा बस्दै आएकी भाेजपुर जिल्लाकी लक्ष्मी राईकाे भीरबाट लडेर मृत्यु भएकाे हाे ।
उनि विगत ७/८ महिनादेखि रोल्पाकाे त्रिवेणी गाउँपालिका ७ गाङ स्थित प्रेमीको घरमा बस्दै आएकी थिइन् । साउदीमा रहेका प्रदीप परियारसँग फेसबुकबाट मायाप्रेम बसेपछि विवाह गर्ने वाचासहित उनि ७/८ महिना अघिदेखि प्रदिपकाे घरमा बस्दै आएकी थिइन् ।