• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सन्किए मुख्यमन्त्री राउत, अख्तियारका प्रमुखलाई फान गरेर के भने ?


असाेज १४, जनकपुर ।

बुधबार प्रदेश २ सरकार प्रमुखको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउत एकाएक सन्किएका छन् ।

अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर गएपछि पत्रकार सम्मेलन गरेर उनले त्यसको विरोध गरेका छन् । अख्तियारको छापा मार्ने शैली गलत भएको उनले आराेप लगाएका छन् ।

प्रदेश २ को सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरेको साइकल कुन कम्पनीबाट खरिद गरेको उक्त नखुलेको पाइएको छ । कम्पनीबाट कति मूल्यमा साइकल खरिद गरेको भन्नेमा अनियमितता देखिएको भन्दै अख्तियारले छापा मारेको हाे ।

बुधबार दिउँसो अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले छापा मारेपछि रावत आक्रोशित भएका हुन्।

अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी सबै कागजात नियन्त्रणमा लिएर फर्केको केहीबेरपछि मुख्यमन्त्री निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता नरुचाउने व्यक्तिले प्रदेश सरकारको बदनाम गर्न जालझेल गरेको बताए।

अख्तियारले कार्यालयमा छापा मारेर फायलहरु लिएर गएपछि आयोगका प्रमुख प्रेम राईलाई ‘छापा मार्ने शैली ठीक नभएको’ भनेर फोन गरेको सञ्चारकर्मीसँग मुख्यमन्त्री राउतले भनेका छन् ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार