• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र कमला पोख्रेलको “फुल हौ तिमी “म्युजिक भिडियो सार्वजनिक


युबराज पौडेल ,असोज १५ पर्बत // पछिल्लो सातामा कुलेन्द्र बिश्वकर्माका एक पछि अर्को गित सार्वजनिक भएसँगै चर्चामा पनि उत्तिकै छन । यसअघि बिश्वकर्माले “चट्ट माया” “जलजला “पछ्यौरी सलको जस्ता म्युजिक भिडियो पनि सार्वजनिक गरिसकेका छन।

“फुल हौ तिमी” गीतमा चर्चित गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द, संगीत रहेको छ , यस भिडियोलाई दुर्गा पौडेलले निर्देशन, छायांकन गरेका छन भने नविन घर्ती मगरले सम्पादन गरेका छन ।

सो गितको म्युजिक भिडियोमा गायक तथा मोडल कुलेन्द्र बिश्वकर्मा र बहुचर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको देख्न सकिन्छ । “फुल हौ तिमि म्युजिक भिडियो हिजोमात्र कुलेन्द्र बिश्वकर्मा युटुब च्यानल बाट रिलिज भएको थियो र दर्शक श्रोताहरुको माया पाउने क्रम बढि नै रहेको छ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार