• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

‘चंगा उडाउँछु…!’


असाेज १६, सल्यान ।

‘चंगा उडाउँछु… ! टिका पनि लाउँछु मैले जमरा नि लाउँछु, यसपाली त घरमै बसी दशै मनाउँछु ।’ यहि शब्द समेटर गायक शक्ती चन्दले ‘चंगा उडाउछु’ बाेलकाे गीत सार्वजनिक गरेका छन् ।

गीतमा दशैमा गरिने रमाइलाे कार्यहरूलाइ समेटर शब्द बनाइएकाे छ । गीतमा शक्ति चन्द र दिपक राज विश्वकर्माको आवाज रहेको छ।

गीतको शब्द सिर्जना दिपक राज विश्वकर्माको गरेका हुन् भने लय शक्ति चन्दले भरेका हुन । गीतकाे म्युजिक भिडियोको निर्देशन राज कुमार मगरले गरेका छन् ।

गतवर्षकाे दशै तिहारमा ‘चच हुइ’ गीत ल्याएका चन्दले याे वर्ष पनि दशै तिहार गीत ल्याएका हुन् । चन्दले केहिदिन अघि मात्रै स्याउला, भेरी र कर्णाली बाेलकाे गीत सार्वजनिक गरेका थिए ।

सल्यानकाे काेटबारामा जन्मिएका गायक चन्द काठमाडाैंमा रहेर लामो समय देखि गीत संगीतको क्षेत्रलाई निरन्तरता दिँदै आएका छन ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार