• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

ग्रामिण वचत तथा ऋण सहकारी संस्था सल्यानकाे सम्पती झण्डै २२ करोड


असाेज १७, सल्यान ।

सल्यान खलंगामा रहेकाे ग्रामिण वचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे कुल सम्पती झण्डै २२ करोड रुपैँया पुगेको छ ।

सहकारी संस्थाको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएपश्चात आइतबार पत्रकार सम्मेलन गर्दै उक्त सहकारीले आफ्नो कुल सम्पती २१ करोढ ९८ लाख ३८ हजार ६ सय ९० रुपैँया रहेको जनाएको छ ।

त्यस्तै सहकारीको कुल शेयर पुँजी २ करोड ४२ लाख २३ हजार २ सय रुपैँया रहेको सहकारीका प्रवन्धक शान्ता राईले जानकारी दिइन् । बचत निक्षेप तर्फ १५ करोड ९४ लाख २९ हजार २ सय ७५ रुपैँया, लगानीमा रहेको ऋण १५ करोड २४ लाख ८ हजार ३ सय ६ रुपैँया रहेको उनले बताइन् ।

सहकारीको नाफा भने ६३ लाख ९१ हजार ६ सय ३१ रुपैँया रहेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठ, ग्रामिणका अध्यक्ष धिरेन्द्र कुमार शाक्य लगाएत जिल्ला स्थित पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

ग्रामिणमा हालसम्म १ हजार ९ सय २१ जना शेयर सदस्य र ४ सय २६ जना बाल बचतकर्ता गरेर २ हजार ३ सय ४७ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार