• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

मन्त्रिपरिषद्ले पायो पूर्णता, कसले कुन मन्त्रालय पाए ? (सुचिसहित हेर्नुहाेस्)


भदौ २२, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।

यस्तै देउवाले गैरसांसद्लाई पनि मन्त्री बनाएका छन् । संविधानको मूल मर्मविपरीत देउवाले नेपालगञ्जका गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् ।

हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् । चाेलेन्द्रकै कोटाबाट हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।

यसअघि प्रधानन्यायाधीश जबराको कोटामा विचौलियाका रुपमा रहेका दीपक तिमिल्सिनालाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर, उनको नाममा विवाद भएपछि देउवाले कांग्रेस पृष्ठभूमिका हमाललाई प्रधानन्यायाधीश जबराको कोटामा मन्त्री बनाएका हुन् ।

यस्तै प्रधानमन्त्री देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । सरकारका उपप्रधानमन्त्री छैनन् । त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार