• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

विप्लव नेकपा सल्यानकाे दाेस्राे बैठक सम्पन्न, भए यस्ता निर्णयहरु


असाेज २२, सल्यान ।

विप्लव नेतृत्वकाे नेकपा सल्यानले दाेस्राे पुर्ण बैठक सम्पन्न गरेकाे छ । नेकपाका सल्यानका सेक्रेटरी नारायण चन्दकाे अध्यक्षतामा तथा नेकपाका केन्द्र सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पाेखरेलकाे प्रमुख आथित्यता र विषेश कमिटी सदस्य लाेक्पालकाे आथित्यतामा बैठक सम्पन्न भएकाे हाे ।

बैठकले ४३ सदस्य जिल्ला समिती र ९ सदस्यीय जिल्ला सल्लाकार समिति गठन गरेकाे नेकपा सल्यानले जनाएकाे छ । त्यस्तै सबै पालिकामा इन्चार्जहरु ताेकिएकाे जनाइएकाे छ ।

पार्टी पुनः स्थापना दिवसको अवसरमा मंसिर ८ गते काठमाडौंमा हुने जनसभाकाे भव्य तयारी गर्ने र सल्यान जिल्लाबाट उल्लेखनीय नेता कार्यकर्ताहरु उपस्थित बनाउने बैठकले निर्यण गरेकाे जिल्ला सेक्रेटरी चन्दले बताए ।

भ्रष्टाचार, व्यथिती, बेरोजगारीका विरुद्ध जनसंघर्ष संञ्चालन गर्ने पनि उनले बताए । जनमत संग्रह र वैज्ञानिक समाजवादकाे विषयमा व्यापक बहस तथा अन्तरक्रिया गाेष्ठी गर्ने, प्रत्येक ठाउँमा भित्तेलेखन लगाएतकाे प्रचारप्रसार गर्ने समेत निर्णय गरिएको उनकाे भनाइ छ ।

त्यस्तै जिल्ला पार्टी कार्यलय सल्यान खलंगामा स्थापना गर्ने पनि उनले बताए ।

बैठकमा २१ महिना लामो जेल बसेर रिहा भएका जिल्ला कमिटी सदस्य सन्ताेषलाई अभिनन्दन तथा स्वागत गरिएको थियाे । जिल्ला कारागार सल्यान भित्र दुव्र्यवहार भएकाे कैदीबन्दिहरुप्रति नाइके तथा चौकिदारहरुले ज्याजदी गरेकाे बैठकले निष्कर्ष निकाल्दै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेकाे छ ।

शुक्रबार मात्रै नेकपाका अर्का जिल्ला समिटी सदस्य कालिराम बादी ‘सुर्य’ रिहा भएका छन् ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार