• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान खलंगामा टप ५ काे कविता बाचन


तारादेव शर्मा/ असोज २३, सल्यान ।

सल्यान कविता संग्राम २०७८ शनिबार सम्पन्न भएको छ ।

जिल्लाको कला, साहित्य, सङ्गीत र सर्जकका साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ सञ्चालन गरिएको प्रतियोगिताको तेस्रो संस्करणमा छनौट भएका पाँच सर्जकले कविता वाचन गरेका छन् ।

कविता सङ्ग्राम कार्यक्रममा मिना खड्का प्रथम भएकी छन् । यस्तै छवि करण अधिकारी, तृतीय आमोद शरण गौतम भएका छन् । यस्तै सान्त्वनामा कृष्ण कन्चन र रमेश कार्की भएका छन् ।

जिल्लाको कला, साहित्य, सङ्गीत र सर्जकका साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यका साथ कार्यक्रम गरिएको र त्यसमा सफल भएको अध्यक्ष प्रवीण भण्डारीले बताए ।

सल्यानी सर्जकहरूको कविता प्रतिको मोह र नेपाली कविताको श्रीवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा कविता विधामा कलम चलाउने २१ सर्जकहरूले कार्यक्रममा सहभागी रहेका थिए ।

कोरोना भाइरसको सङ्क्रमणका कारण प्रत्यक्ष रुपमा वाचनका कार्यक्रमलाई भन्दा भर्चुअल माध्यमबाट यसअघि कार्यक्रम हुँदै आइरहेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार