• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा बागचाैरमा शुभकामना आदानप्रदान


असाेज २३, सल्यान ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमिटी सल्यानले दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।

जनकल्याण क्याम्पस थारमारेको सभाहलमा सम्पन्न भएको कार्यक्रमलाइ नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सहइन्चार्ज टेक बहादुर बस्नेतले सम्बाेधन गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र सल्यानका संयाेजक कृति बहादुर पुन, एकीकृत अखिल नेपाल शिक्षक संगठनका पुर्व केन्द्रीय अध्यक्ष रत्न बहादुर वली, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा, टिकाराम वली लगाएतकाे सहभागीता रहेकाे थियाे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर कमिटी अध्यक्ष रबिकिरण वलीकाे सभाअध्यक्षता तथा उपाध्यक्ष रमन कुमार गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण सचिव बिरेन्द्र प्रकाश डिसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार