• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा नयाँ नाेट सट्नेहरुकाे लाइन, नेपाल बैंकले किन दिएन् अन्य बैंकलाइ ?


असाेज २४, सल्यान ।

नेपाल बैंक लिमिटेड सल्यान शाखामा नयाँ नाेट सट्नेहरुकाे भीड लागेकाे छ । सल्यानमा एकमात्र नाेट काेषकाे रुपमा रहेकाे नेपाल बैंक लिमिटेडले अन्य बैंकहरुलाइ नयाँ नाेट नदिदाँ नेपाल बैंकमा सर्वसाधरणहरुकाे घुइचाे लागेकाे हाे ।

दशैंका लागि भनेर नेपाल राष्ट्र बैंकले असाेज ४ देखि नयाँ नोट साट्न पाउने गरी तीन अर्ब बराबरको नयाँ नोट ल्याएकाे थियाे ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको कार्यालय र कमर्सियल बैंकका सबै शाखाबाट नयाँ नोट सर्वसाधारणका लागि उपलब्ध गराईने यसअघि नै जनाएकाे थियाे ।

तर सल्यानमा भने सर्वसाधरणहरुले नयाँ नाेट तथा खुद्रा रुपैयाँ सजिलै पाउने देखिएकाे छ । नाेट कम रहेकाे बताउँदै नेपाल बैंक लि. सल्यानले सल्यानका अन्य कमर्सियल बैंकहरुलाइ नाेट नदिएपछि सबै सर्वसाधरण नेपाल बैंक पुगेका हुन् ।

आफुले ९ कराेड मागेकाेमा एक कराेड रुपैयाँकाे मात्रै नयाँ नाेट राष्ट्र बैंकले दिएकाेले अन्य बैंकहरुलाइ वितरण नगरिएकाे नेपाल बैंक सल्यानका प्रमुख कमल अधिकारीले बताए ।

नेपाल बैंक सल्यानले आज असाेज २४ गते नयाँ नाेट साट्ने पाउने बताएकाे थियाे । जसअनुसार बिहान ८ बजेदेखि सर्वसाधरणहरु लाइनमा बसेका छन् ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्तिले १८ हजार पाँच सय रुपैयाँसम्म साटन पाउने छन्। रु .५, १०, २०, ५०, र रु १०० दरका एकएक गड्डीका दरले हुन आउने १८ हजार पाँचसयसम्म एक जनाले साँटन पाउने छन् ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार