• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

गायिका तथा मोडेल सिर्जू अधिकारीको “बिहे भाछैन”मा पूजा र आकाशको रोमान्स (भिडियोशहित)


असोज २६ दाङ / बिगत १ दशक देखि नेपालि गीत संगीतको क्षेत्रमा सक्रिय रुपमा लागेकी लोकप्रिय गायिका तथा मोडल सिर्जू अधिकारी र गायक अर्जुन सुनामको स्वरमा रहेको “बिहे भाछैन” बोलको गित सार्बजनिक भएको छ ।

एस.पी सापकोटाको शब्द रहेको “बिहे भाछैन” बोलको गीतमा हरी लम्सालको संगीत,सरोज श्रेष्ठको एरेन्ज र स्वर भने अर्जुन सुनाम र सिर्जु अधिकारीको रहेको छ । एस.पी सापकोटाको भिडियो निर्माण रहेको गीतको म्युजिक भिडियोलाई सुदिप बरालले छायांकन तथा अर्जुन जि.सी ले सम्पादन गरेका छन ।

भिडियो गएको बिहिबार राजधानीमा प्रेसमिट गर्दै सार्वजनिक गरिएको थियो । “बिहे भाछैन” बोलको गीतको यस म्युजिक भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड रहेका छन । गीतको भिडियोमा पूजा र आकाशको जोडीको आकर्षक नृत्य समेत देख्न सकिन्छ । जुन गितको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन । भिडियो हेर्नुस :-  

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार