कार्तिक १०, सल्यान ।
सल्यानमा प्रहरीकाे बर्दी लगाएर व्यापारीबाट लु’ट’पा’ट गर्ने एक व्यक्ती प’क्राउ परेका छन् ।
जिल्लाकाे कपुरकोट गाउँपालिका १ कालापातल जङ्गलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार व्यापारीबाट लु’ट’पाट गर्ने ४ जना मध्ये १ जना प’क्रा’उ परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
‘लु*ट*पाट गरे लगतै चारै जना भागेका थिए । त्यसपछि लुटिनेहरुले प्रहरीलाइ खबर गरेपछि प्रहरीले उनिहरुलाइ खाेज्दै गए । घटना घटेकै राती ४ जना मध्ये एक जना रोल्पा रुन्टिगडी गाउँपालिका –८ गर्पा खोलाबाट पक्राउ परे,’ जिल्ला प्रहरी प्रमुख डिएसपी गाेविन्द थापाले लेकाली अनलाइनसँग भने ।
प*क्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका –७ का ३० वर्षीय तिलक वि.क.रहेका छन् । विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अ’नुस’न्धान प्रक्रिया अघि बढाइएको डिएसपी थापाकाे भनाई रहेको छ । लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनिहरुले कालापातलको जङ्गलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको तीन लाख लु’टपा’ट गरेका थिए ।
‘तरकारी खरिद गर्न आएका ति व्यापारीलाइ पहिले एउटा बाइकमा आएका सशस्त्र र नेपाल प्रहरीकाे बर्दी लगाएका दुइजनाले चेकजाँच गर्नु छ भनेर राेके । त्यसपछि अर्काे बाइकमा आएका अन्य दुइजना सशस्त्रकाे बर्दी लगाएकाले खु*कु*री देखाएर तीन लाख लुटेर लगे,’ डिएसपी थापाले भने ।
प’क्रा’उ पर्नेवाला नेपाल प्रहरीकाे बर्दी लगाउने भएकाे उनले बताए । उक्त बर्दी जनयुद्वकाे समयकाे भएकाे उनकाे भनाइ छ ।
नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको बर्दीको दुरुपयोग गरी यस्ता विभिन्न आपराधिक क्रियाकलाप बढेकोले बर्दीको दुरुपयोग भएमा जानकारी भएमा प्रहरी कार्यालयमा सूचना दिन समेत जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।