• २०७८ माघ ९ गते आइतवार
  • Preeti To Unicode

विप्लवकाे प्रश्नः ४७ रुपैयाँमा किनेकाे पेट्रोल १३६ मा बेचेर कुन प्रयोजनमा लगानी गरिन्छ ?


कार्तिक २५, काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनताको जीवनसँग जोडिएका अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ र जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता भएकाे बताएका छन् ।

बिहीबार नेपाल बन्द आह्वानसहितकाे वक्तव्य जारी गर्दै विप्लवले मृल्यवृद्धि सरकारी लुट भएकाे बताएका छन् । कार्तिक १२ गतेदेखि १३३ रुपैयाँ मुल्य ताेकिएकाे पेट्राेलकाे आजदेखि १३६ तेकेपछि विप्लवले ‘४७ रुपैयाँमा किनेकाे पेट्रोल १३६ मा बेचेर कुन प्रयोजनमा लगानी गरिन्छ ?’ भनेर प्रश्न गरेका छन् ।

विप्लवले भनेका छन्, ‘बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ?’

सरकारले आजदेखि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरेकाे छ ।

सरकारले यसरी पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गर्दा अब यातायात लगायत आयात गरिने सबै सामानहरूको पनि मूल्यमा हुने विप्लवले बताएका छन् । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्ने उनले उल्लेख गरेका छन् ।

मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन जनसमुदायमा अपिल गर्दै उनले नेपाल बन्दसम्मकाे घाेषणा गरेका छन् ।

विप्लवले कार्तिक २५ गते दिउँसाे ३ बजे देशव्यापी विराेध प्रदर्शन, कार्तिक २६ गते साँझ मसाल जुलुस, कार्तिक २७ गते दिउँसाे १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, कार्तिक २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल बन्दकाे घाेषणा गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार