• २०७९ साउन २४ गते मङ्गलवार
  • Preeti To Unicode

गायक धुर्ब र अनु रेलै चढी जादै (भिडियो सहित)


काठमाडौँ । गायक धुब्र बिस्कोको नयाँ गित सार्वजनिक भएको छ । “रेलै चढी जाउ” बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गितले पनि बजार तताउने अपेक्षा गरिएको छ । रोम्यान्टिक मुद्रामा प्रस्तुत गरिएको गितको भिडियोले जो कोहीको पनि मन लोभ्याउछ ।

गितमा कलाकारहरु नयाँ अनुहारका देखिए पनि उनीहरु पनि भविष्यमा राम्रो संभावना बोकेका कलाकारहरु हुन्, भनेर सहजै अड्कलबाँजी गर्न सकिन्छ । उनीहरुको अभिनयले पनि गितको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ । गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै,टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गितहरु उनका हिट नंम्बर मानिन्छन् ।

भर्खरै बजारमा आएको उनको पछिल्लो गित “रेलै चढी जाउ” गायक बिस्कोले अपेक्षा गरेको गित समेत हो । गितमा शव्द शारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायीका अनु चौधरीले आफ्नो सुमधुर स्वर मार्फत साथ दिएकी छन् । गितको भिडियोमा बलराम परियार,सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन् । गितलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।  पुरा भिडियो हेर्नुहोस्…

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार