कार्तिक २८, सल्यान ।
आइतबार बिहान राेल्पाकाे घर्तीगाउँ नजिकै भएकाे जीप दुर्घटनामा परि मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ । प्रहरीकाअनुसार घटनास्थलमा ३ जना र एक जनाकाे उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा मृत्यु भएकाे हाे ।
दुर्घटनामा मृत्यु र घाइते हुने सबै माडी गाउँपालिका–६ हान्निङ गाउँका हुन् । मृत्यु हुनेमा चालक तथा गाडी मालिक ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन ४७ वर्षीया चौसरा विक र १८ वर्षीया लिला पुन रहेका छन् ।
यस्तै घाइते हुनेहरूमा २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । बीनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकाे र पञ्चनाकाे जिल्ला अस्पताल राेल्पा रेउघामा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डीएसपी नरेशराज सुवेदीले लेकाली अनलाइनलाइ बताए ।
घाइतेलाइ हेलिकप्टरमा रिफर गर्ने प्रयास गरेपनि हेलिकप्टर आउन नसकेपछि एम्बुलेन्समा पठाइएकाे हाे ।
डिएसपी सुवेदीकाअनुसार हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको ६ जना सवार जिप घर्तीगाउँ बजार नजिकै आइतबार बिहान दुर्घटना परेकाे हाे । दुर्घटनामा परेका सबै हान्निङबाट घर्तीगाउँ बजारमा किनमेलका लागि आउन लागेका थिए ।
‘दुर्घटनामा परेका सबै एउटै गाउँका छिमेकी हुन् । काेहि त नातेदार पनि पर्नुहुँदाे रहेछ ।’,डिएसपी सुवेदिले लेकाली अनलाइनसँग भने,’अहिले गाउँ शाेकमा छ । शवकाे पाेस्टमार्टका लागि जिल्ला अस्पताल रेउघामा राखिएकाे छ ।’
गाडीकाे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । जीप साढे ३ सय मिटर तल खसेको छ ।
तस्बिर : बुद्धिमान वली