• २०७९ भाद्र २ गते बिहिवार
  • Preeti To Unicode

वायुसेवा सञ्चालकले बढाए हवाई टिकटकाे मूल्य

काठमाडौं : हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन्।

वायुसेवा संचालक संघका अनुसार हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएर एक सय रुपैयाँ पुर्‍याएको छ।

अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम दुई सय २० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ।

सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा दुई सय २० रुपैयाँ बढेको छ। काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ। यस्तै पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट एक सय ८० रुपैयाँ बढी तिर्नुपर्छ।

काठमाडौंबाट जुम्ला उडानमा एक सय ७० रुपैयाँ भाडा बढी पर्नेछ। यस्तै काठमाडौं

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार