• २०७८ माघ २ गते आइतवार
  • Preeti To Unicode

सल्यान साहुटाेलमा रहेकाे जागृत सहकारीको कुल पुुँजी ७ करोड ७३ लाख बढी


कार्तिक २७, सल्यान ।

सल्यानकाे शारदा नगरपालिका ४ साहुटाेलमा रहेकाे जागृत वचत तथा ऋण सहकारी संस्थाको कुल पुुजीँ ७ कराेड ७३ लखा बढी रहेको छ । सहकारीको गत आर्थिक बर्ष २०७७/०७८ मा कुल पुँजी ७ करोड ७३ लाख ५१ हजार ९० रुपैँया रहेको जनाईएको छ ।

अघिल्लाे आर्थिक वर्ष २०७६/७७ मा ६ कराेड ५७ लाख ७५ हजार ९ सय ५६ रुपैयाँ कुल पुँजी देखिएकाे याे सहकारीकाे आर्थिक वर्ष २०७७/७८ मा १ कराेड १५ लाख ७५ हजार १ सय ३४ रुपैयाँ बढेर ७ करोड ७३ लाख ५१ हजार ९० रुपैँया पुगेकाे हाे ।

२६ औं वार्षिक साधारण सभापछि आइतबार भएकाे पत्रकार सम्मेलनमा संस्थाले आफ्नाे काम कारबाही बारेमा जानकारी गराएकाे हाे । सहकारीको एक वर्षमा खुद नाफा १३ लाख ५१ हजार १ सय ५५ रुपैँया देखिएकाे छ ।

सहकारीमा हाल सम्म ८ सय ९९ शेयर सदस्य रहेको संस्थाका अध्यक्ष किशोर कुमार हमालले बताए । सहकारीले शारदा नगरपालिकालाई कार्यक्षेत्र बनाएर आयआर्जन र उत्पादनका क्षेत्रमा सहकारीले लगानी गरिरहेको उनकाे भनाइ छ ।

सहकारीले न्युनतम व्याजदरमा १० लाख सम्म कृषि र उत्पादनका क्षेत्रमा कर्जा प्रवाह गरिरहेकाे सचिव कल्पना सेजवालले बताइन् । त्यस्तै सदस्य पारिवारिक कल्याण कोष, मृत्यु राहत कोष, मातृशिशु पोषण कोसेली कार्यक्रम, बिद्यार्थी सहुलियत कर्जा प्रवाह लगाएका महत्वपुर्ण क्षेत्रमा लगानी गर्दै आएको पनि उनले बताइन् ।

संस्थाका सचिव कल्पना सेजवालले सहजीकरण गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञान प्रकाश शर्मा, कोषाध्यक्ष सुर्य बहादुर भण्डारी, सहसचिव प्रविण कुमार भण्डारी, सदस्य तप्त बहादुर सेजवाल, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार